जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की नायक रहँदा बायर्न म्युनिख लिगको शीर्षस्थानमा उक्लिएको छ ।
बायर्नले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली बायर लिभरकुसनमाथि २–१ को महत्वपुर्ण जित हात पारेको हो । बेएरिना लिभरकुसनमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको १४औं मिनेटमा प्याट्रिक सेखको गोलबाट अग्रता लिएको थियो ।
४३औं मिनेटमा थोमस मुलरको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा योसुवा किम्मिखको पासमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई २–१ को पूनरागमन जित दिलाए । घरेलु टोलीका प्याट्रिक सेखले गरेको एक गोलनै सान्वना रह्यो ।
यो जितसँगै बायर्नले शीर्षस्थानमा उक्लिएको छ । बायर्नको १३ खेलबाट ३० अंक रहेको छ । समान खेलबाटै दोस्रो र तेस्रो स्थानमा रहेको लिभरकुसन र आरबी लाइप्जिगको समान २८ अंक छ ।
प्रतिक्रिया