सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको छलफलपछि आजका लागि सचिवालय बैठक बोलाउने सहमति भएको हो।
शुक्रबारका लागि डाकिएको स्थायी कमिटी बैठकप दुई अध्यक्षको छलफलपछि साउन ४ गते बोलाउने र त्यसअघि सचिवालय बैठक बस्ने सहमति भएको हो।
प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने दाहाल र नेता माधव नेपालको अडानपछि सत्तारुढ नेकपाभित्र विवाद उत्पन्न भएको छ। तर ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्। जसका कारण १८ असारमा स्थगित गरिएको स्थायी कमिटी बैठक बस्न सकेको छैन भने ६ असारदेखि सचिवलाय बैठक बस्न सकेको छैन।
दाहाल नेपाल एक ठाउँमा उभिदा नेकपाको सचिवालय र स्थायी कमिटी दुबैमा प्रधानमन्त्री ओली अल्पमतमा छन्। त्यसैकारण सकेसम्म सचिवालय र स्थायी कमिटी बैठक फेस गर्न नपरोस् भन्ने ओलीको दाउ छ।
















प्रतिक्रिया