Logo

राजनीति

नेकपाको  दुवै पक्षले वोलायो आ-आफ्नो  गुटका  सांसदहरुको अलग बैठक 



प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा नेकपाका दुवै गुटले आ आफ्नो पक्षका सांसदहरुको बैठक आयोजना गरेका छन् ।

प्रधानमन्त्री केपी ओली गुट सांसदहरुको बैठक विहान ९ बजेदेखि बालुवाटारमा हुँदैछ । त्यस्तै प्रचण्ड–माधव नेपाल गुटका सांसदहरुको भेला अपरान्ह संसद भवनमा हुने भएको छ ।

प्रतिनिधिसभामा नेकपाको १७४ सिट थियो । ती मध्ये एकजना सानु सिवाको निधन भएको र समानुपातिकबाट निर्वाचित उनको ठाउँमा अर्को सदस्य निर्वाचित नहुँदै प्रतिनिधिसभा विघटन भएकाले १७३ सांसद थिए ।

प्रचण्ड–माधव नेपाल गुटले प्रधानमन्त्रीविरुद्ध संसदमा लगेको अविश्वास प्रस्तावमा ९० जना सांसदको हस्ताक्षर देखाइएको छ । 

सांसदहरुको बैठकमा राष्ट्रियसभाका सदस्यहरु पनि सहभागी हुनेछन् ।

सांसदहरुको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने बताइएको छ ।

प्रचण्ड माधव नेपाल गुटले आजै स्थायी कमिटी बैठक पनि बस्ने जनाएको छ ।

भोलि केन्द्रीय कमिटी बैठकबाट केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय हुने एक स्थायी कमिटी सदस्यले बताए ।

ओली गुटले  भने पार्टीका अन्य बैठक बोलाएको छैन ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।