Logo

यसबर्षको “गोल्डेन फुट” अवार्ड ‘रोनाल्डो’लाई



सन् २०२० को गोल्डेन फुट अवार्डको १८औं संस्करण पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका छन् । 

रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन क्लब युभेन्टसका ३५ वर्षीय रोनाल्डोले लियोनेल मेस्सी, रोबर्ट लेवान्डोस्की, जर्जियो चिलियानी, नेयमार, सर्जियो रामोस, जेरार्ड पिके, मोहम्मद सलाह र आर्टुरो भिडाललाई भोटिङमा पछि पार्दै यो अवार्ड हात पारेका हुन् ।

वल्ड च्याम्पियन्स क्लबले २८ वर्षभन्दा माथिको खेलाडीलाई हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आइरहेको छ । 

‘सबै समयका सर्वश्रेष्ठ महान फुटबल महापुरुषको साथ म यो अवार्ड (मोनाकोको च्याम्पियन प्रोमोनेड) जित्न पाएकोमा सम्मान गर्दछु,’ रोनाल्डोले अवार्ड ग्रहणपछि तस्विरसहित इन्स्टाग्राममा लेखेका छन्, ‘म साँच्चिकै नम्र छु । मलाई मतदान गरेकोमा संसारभरिका फ्यानहरुलाई धन्यवाद दिन चहान्छु ।’

हालसम्मको विजेता :

रोबर्टाे बाजियो (२००३), पाभेल नेभडेड, आन्द्रिय सेभचेन्को, रोनाल्डो नाजारियो, एलेसोन्द्रो डेल पिएरो, रोबर्टाे कार्लाेस, रोनाल्डिन्हो, फ्रान्सिस्को टोट्टी, रायन गिग्स, ज्लाटन इब्राहिमोभिच, डिडियर ड्रोग्वा, आन्द्रेस इनिएस्टा, स्यामुइल इटो, जियानलुजी बुफोन, इकर कासियास, इडिन्सन काभानी र लुका मोड्रिच

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार १२:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।