Logo

मधेश प्रदेश

रौतहटका वडाध्यक्षको मृत्यु



रौतहट जिल्लामा एकजना वडाध्यक्षको निधन भएको छ ।

इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको हो ।

दुई सातादेखि ज्वरो, रुधा र खोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ । तीनदिन पहिले उनको आरडिटी गरिएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।