Logo

प्रवास

अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि एनओसी खुला गर्ने सरकारको निर्णय



सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने भएको छ । शिक्षा मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नो अब्जेक्सन लेटर (एनओसी) दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि गत चैतदेखि जारी लकडाउनमा सरकारले एनओसी बन्द गरेको थियो । अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारीसँगै सरकारले विद्यार्थीलाई उक्त लेटर वितरणको बाटो खुला गरेको हो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार १८:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।