Logo

मधेश प्रदेश

वीरगन्जका मेयर सरावगीको पिताको ग्राण्डी अस्पतालमा निधन



वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका बाबुको निधन भएको छ । काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ७८ वर्षका चिरञ्जीवि लाल सरावगीको सोमबार बिहान निधन भएको हो ।

मुटु र मिर्गौलासम्बन्धि समस्या रहेका उहाँलाई यसअघि कोरोना संक्रमण पनि भएको थियो तर उहाँ संक्रमणमुक्त भइसक्नुभएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । सरावगी वीरगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १०:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।