स्पेनिस ला लिगा अन्तर्गत अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोना स्टार लियोनेल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ ।
भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको गोलबाट अग्रता लिएको थियो । मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले अवे मैदानमा महत्वपुर्ण जित हात पारेको हो ।
३५औं मिनेटमा मार्टिन ब्रेथवेटले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा पेड्रीको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
मेस्सीले रियल भालाडोलिडविरुद्ध एक गोल गरेपछि एकै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउदै कीर्तिमान बनाएको हो । यसअघि यो कीर्तिमान ब्राजिली लेजेन्ड तथा महान् फुटबलर पेलेको नाममा रहेको थियो । पेलेले ब्राजिली क्लब सान्तोषबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाको लागि ६४४ गोल गरेका हुन् ।
जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित भालाडोलिड १४ अंक जोडेर १८औं स्थानमा छ ।


















प्रतिक्रिया