Logo

मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाको सानदार जित



स्पेनिस ला लिगा अन्तर्गत अर्जेन्टिनी फरवार्ड तथा बार्सिलोना स्टार लियोनेल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले  रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ ।

भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको गोलबाट अग्रता लिएको थियो । मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले अवे मैदानमा महत्वपुर्ण जित हात पारेको हो ।

३५औं मिनेटमा मार्टिन ब्रेथवेटले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा पेड्रीको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

मेस्सीले रियल भालाडोलिडविरुद्ध एक गोल गरेपछि एकै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउदै कीर्तिमान बनाएको हो । यसअघि यो कीर्तिमान ब्राजिली लेजेन्ड तथा महान् फुटबलर पेलेको नाममा रहेको थियो । पेलेले ब्राजिली क्लब सान्तोषबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाको लागि ६४४ गोल गरेका हुन् ।

जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित भालाडोलिड १४ अंक जोडेर १८औं स्थानमा छ ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार १०:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।