Logo

राजनीति

प्रधानमन्त्री ओलीको कदम बाध्यात्मक : नेता रायमाझी



नेकपा ओली समुहका नेता टोपवहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीको कदम वाध्यात्मक अवस्थाको उपज भएको बताएकाछन् । रिर्पोटर्स नेपालको साक्षात्कार कार्यक्रममा नेता रायमाझीले प्रधानमन्त्री ओलीले ससदको विघटन गर्नु संवैधानिक अधिकार भएकोले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको  प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भई नया चुनावको मिति पनि घोषणा भइसकेकोले सवै चुनाव केन्द्रित हुनपर्ने बताएकाछन । संसद विघटन सम्बन्धी सर्वोच्चमा मुद्धा विचराधीन रहेको र अदालतले दिने  फैलसालाई स्वीकार गरेर अधि बढ्ने बताए ।

अदालतले आफ्नो समूहको पक्षमा फैसला गर्ने र चुनाव गर्ने र सूर्य चुनाव चिन्ह आफुहरुले पाउने उनको जिकिर थियो । 
पूर्व माओवादी खेमामा डा.वावुराम भट्टराई निकट मानिने रायमाझी नयाँ शक्ति पार्टी घोषणासंगै  दाहाल निकट भएकाथिए । उनी दाहाल-नेपाल समूहमै रहने अनुमान गरिएपनि मंगलबार वालुवाटारमा केपी ओली समुहको वैठकमा सहभागी भएका थिए । रायमाझीसंगै  पूर्व माओवादी खेमावाट  उद्योगमन्त्री लेखराज भट्ट र मणि थापा वालुवाटार बैठकमा सहभागी थिए ।

प्रकाशित मिति : ८ पुष २०७७, बुधबार १२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।