Logo

समाचार

गौशालाको प्रसिद्ध चाइना गेट डोजर लगाएर भत्काइयो



महोत्तरीको गौशाला नगरपालिकामा चाइना गेटका नामले प्रसिद्ध विवादास्पद पुरानो दुई अति जीर्ण भवनलाई हटाइएको छ । गौशाला नगरपालिकाको सर्वदलीय बैठकको निर्णयअनुसार मंगलबार बिहान ती भवनलाई डोजर लगाएर भत्काइएको हो ।

नगरपालिकाको किता नं. १५ मा पर्ने त्यो जग्गा वर्षौँदेखिको विवादका कारण भत्काउन नसकिएका कारण ती दुई भवन चाइना गेटको नामले परिचित रहेका संघीय समाजवादी फोरम नेपालका नेता लक्ष्मी महतोले जानकारी दिए ।

गुुठीको सम्पति भए पनि बर्षौँ पहिले यहाँका केही नाम चलेका व्यक्तिहरुले आफनो नाममा दर्ता कायम गराउँदा त्यो जग्गा विवादस्पद रुपमा रहेको पनि महतोले जानकारी दिए ।

सर्वसम्मत निर्णयअनुसार मंगलबार भत्काइएका भवन भएको ठाउँमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरिने र बाँकी रहेको जग्गामा सरकारी कार्यालय स्थापना गरिने प्रदेशसभा सदस्य भरतप्रसाद साहले बताए ।

अब केही दिनमै बस्ने सर्वदलीय बैठकको निर्णयअनुसार नगरपालिकाले बजार विकासका लागि उचित कदम अगाडि बढाइने गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताए ।

प्रकाशित मिति : माघ १५, २०७५ मंगलबार  १२ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।