Logo

समाचार

ओली सरकारविरुद्ध डाक्टरले देश ठप्प पार्ने ठूलो आन्दोलनको घोषणा, बालुवाटारमा खैलाबैला



डा गोविन्द केसीको सत्याग्रही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै चिकित्सकहरुले आन्दोलन सुरु गरेका छन्। चिकित्सक संघको अगुवाईमा उनीहरुले स्वास्थ्य सेवा ठप्प पार्नेगरी आन्दोलनको घोषणा गरेका हुन्। २३ दिनदेखि अनशनरत डा केसीको माग पूरा नभएसम्म कठोर आन्दोलन गर्ने उनीहरुको चेतावनी छ।

चिकित्सकहरुको माओ संस्था संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

डा। गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा। केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।

डा। केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

साथै कडा कदम चाल्ने परिस्थिति सिर्जना नगर्न तथा वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।

अन्यथा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारसरकार नै हुने संघका महासचिव डा। लोचन कार्कीद्वारा रा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक संघले डा। केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।

प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार  १ : ५३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।