Logo

प्रमुख समाचार

अष्ट्रेलियामा यसरी फस्टाउदैछ नेपाली युवतिको यौन व्यवसाय



नेपालबाट उच्च शिक्षा अध्यायनको लागि अष्ट्रेलिया जाने नेपाली युवति विद्यार्थीहरु पछिल्लो समय यौन व्यवसायमा तरि बढिरहेका छन् । नेपाली युवतिहरुको डलर मोहले उनीहरुलाई यस तर्फ आकर्षित गरेको हो ।

लाखौ खर्च गरेर अष्ट्रेलिया पुगेपछि उनीहरु यौन व्यवसाय गर्न थाल्छन् । यतिमात्र हैन्, नेपाली युवति विद्यार्थीका विज्ञापनहरु समेत खुल्लम खुल्ला सामाजिक सञ्जाल मार्फत गर्ने गरिएको छ ।

उदाहरणका लागि नेपाली यौनकर्मि उदाहरणका लागि मिया छद्म नाम गरेकी एक नेपाली विद्यार्थीको यौन विज्ञापन गरिएको छ। त्यसमा लेखिएको छ, ’हाई ! विश्वविद्यालयमा अध्ययरत २१ वर्षीया छात्रा मिया हुँ। म अत्यन्तै खुसी भएर व्यावसायिक सेवा प्रदान गर्छु।’ युवतीको स्तनको साइज समेत लेखिएको विज्ञापनमा भनिएको छ, ’म ४४ केजी तौलकी छु। म एक विशेष प्रेमिकाको अनुभव हुने सेवा दिनेछु।’

यसरी नेपाली विद्यार्थीहरुले गैरआवासीय नेपालीबीचमा मात्रै हैन आमसञ्चार र अनलाइनमा समेत यौनव्यापार गर्ने गरेका छन् । यस्ता खालका विज्ञापनहरु अस्ट्रेलियाको एयु डट इस्कोका डटकमले नेपाली यौनकर्मी महिलाको खुलेआम विज्ञापन गर्छ । हट नेपाली गर्ल फर ब्रिफ टाइम (केही समयका लागि नेपाली आकर्षक युवतीहरू) भनेर यसले आफ्नो अनलाइनमा निरन्तर विज्ञापन गरिरहन्छ। यौनकर्मी नेपाली महिलाबारे जानकारीसहित एजेन्सीको फोन नम्बर राख्छ यो पोर्टलले।

स्कोकाको यो अनलाइनमा मात्रै हैन अन्य थुप्रै यौनकर्मको व्यवसाय गर्ने पोर्टलमा पनि यस्तै विज्ञापन गरिएका प्रशस्तै भेटिन्छन्। घुमट्री डटकम डट एयु नामक अर्को अनलाइन पोर्टलले पनि नेपाली यौनकर्मी महिलाबारे सार्वजनिक विज्ञापन गरेको छ। नेपाली यौनकर्मीसँगको यौन अनुभवका ब्लगहरू पनि भेटिन थालेका छन्। रेडिट डटकम नामको एक अनलाइनमा एक युवाले आफूले अस्ट्रेलियामा नेपाली यौनकर्मीसँग गरेको सहबासको वृत्तान्त लेखेका छन्।

केही समयअगाडि अस्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले नेपाली युवती यौनकर्ममा फसेको आशंका गरेका थिए। यसबारे नेपालका कन्सल्टेन्सीलाई सचेत गराउन र नेपाली विद्यार्थीलाई जानकारी दिन राजदूत ढकालले परराष्ट्र र अर्थ मन्त्रालयलाई पत्रसमेत पठाएको साझा डटकमको समाचारमा उल्लेख छ।

किन यौनकर्ममा धकेलिन्छन् नेपाली युवती?

नेपालबाट अध्ययन गर्न गएका युवती अस्ट्रेलियामा यौनकर्ममा धकेलिने आर्थिक कारण भएको अस्ट्रेलियामा हुनेहरूको तर्क छ। परिवारबाट १०(२० लाख रकम ऋण लिएर पढ्न आएपछि ऋण र पढाइ शुल्क तिर्न अन्य काममा राम्रो आम्दानी नभएपछि यस्तो हुने बताइन्छ।

नेपालबाट एकजना विद्यार्थी सामान्यतया थोरैमा १० लाख रकममा अस्ट्रेलियामा अध्ययनका लागि पुग्छन्। केही अपवादबाहेक औसत नेपालीका सन्तान कमाउँदै पढ्न र पढ्दै कमाउन अस्ट्रेलिया पुग्छन्। एकातिर ऋणको ब्याज, अर्को्तिर पढाइ खर्च र बसोबास खर्च यी सबै कुराको व्यवस्थापन गर्न धेरैलाइ हम्मेहम्मे हुन्छ।

अस्ट्रेलियामा हप्तामा कानुनी रूपमा २० घन्टा मात्रै काम गर्न पाइन्छ। यो भनेको महिनामा ८० घन्टा हो। अस्ट्रेलियाको प्रतिघन्टा कामको न्यूनतम पारिश्रमिक १७.७० अस्टे«लियन डलर हुन्छ। यसरी मासिक १४ सय १६ अस्ट्रेलियन डलर मात्रै कमाइ हुन्छ।

एक डलर बराबर नेपालको करिब ८२ रुपैयाँ हुन्छ। अर्थात् प्रतिघन्टा १४ सय ५१ हुन्छ। यो भनेको साप्ताहिक २९ हजार २८ हो। अर्थात् महिनाको १ लाख १६ हजार १ सय १२ हो।

अस्ट्रेलिया सरकारको वेबसाइट स्डडिइन अस्ट्रेलिया डट जिओभी डट एयुका अनुसार अस्ट्रेलियामा मासिक औसत बसाइको खर्च १६ सय अस्ट्रेलियन डलर लाग्छ।

यो भनेको मासिक १४ सय १६ डलरको कमाइभन्दा एक सय ८४ डलर कम हो। दुईजना वा तीनजना बस्दा पनि आधा खर्च हुँदा पनि ८ सय डलर त सकिन्छ।

आठ सय डलर खर्चले बचाएको ६ सय १६ डलर मात्रैले अध्ययन खर्च पुग्दैन। अस्ट्रेलियाका सस्तो विश्वविद्यालयमा पढ्न पनि मासिक ६ सय १६ अस्ट्रेलियन डलर पर्याप्त हुँदैन। अस्ट्रेलियाको युनिभर्सि्टिरिभ्यु डटकम डट एयुका अनुसार अस्ट्रेलियाका विश्वविद्यालयको विदेशी विद्यार्थीको शुल्क वार्षिक २० हजार डलर बढी छ।

उदाहरणका लागि अस्ट्रेलियाको वेस्र्टन सिड्नी विश्वविद्यालयमा मानविकी र शिक्षा संकायको वार्षिक शुल्क २२ हजार ६ सय ८० डलर छ। भिक्टोरिया विश्वविद्यालयमा सोही संकायमा स्नातक तहको वार्षिक शुल्क २० हजार ४ सय डलर लाग्छ।

अन्य विश्वविद्यालयको पनि यस्तै खाले शुल्क छ। वार्षिक २० हजार मान्दा मासिक पढाइ शुल्कमा मात्रै १६ सय ६६ हुन्छ। यो शुल्क तिर्न कि घरबाटै पैसा लिएर आउनुप¥यो। अस्ट्रेलियामै काम गरेर आफूलाई खानलाउन र कलेजको शुल्क तिर्न पुग्दैन। इन्जिनियरिङ तथा विज्ञान संकायको शुल्क उस्तै महँगो छ।

निःशुल्क छात्रवृत्ति पाएका र नेपालबाटै अभिभावकले पैसा पठाएर पढाइरहेका विद्यार्थीबाहेक विश्वविद्यालयमा पढ्ने धेरै विद्यार्थीले गैरकानुनी रुपमा सातामा २० घन्टाभन्दा बढी काम गर्ने बाध्य छन्। यिनै शुल्क तिर्न पैसा नपुगेपछि युवतीहरु यौनकर्मी बन्ने विभिन्न अनलाइनहरुले लेखेका छन्।

केही समयअगाडि एक नेपाली अनलाइनमा प्रस्तुत गरिएकी अस्ट्रेलियाकी यौनकर्मी नेपालीले यौनबाट प्रतिघन्टा १ सय ५० डलर आउने तर अन्य काममा १८ डलर मात्रै आउने बताएकी थिइन्। अस्ट्रेलियाका थुप्रै स्थानमा यौनकर्म कानुनी भएकाले यसतर्फ नेपाली युवती फस्न थालेको जानकारहरूको भनाइ छ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।