Logo

प्रवास

एक्स्पार्ट एजुकेशनको कालो कर्तुत, विद्यर्थाीको भविष्यमाथि खेलवाड



एक्स्पर्ट एजुकेशन एन्ड भिसा सर्भिसेस नेपालकै कन्सलटेन्सीहरुका सबैभन्दा खराब कन्सलटेन्सी भएको खुलासा भएको छ । उक्त कन्सलटेन्सीले पैसाको लागि जेसुकै पनि गर्न तयार रहेको पाईएको छ ।

नेपाली विद्यार्थीले अन्य कन्सलटेन्सीहरु भन्दा विश्वासिलो मान्दै आएको कन्सलटेन्सीका घटनाहरु पछिल्लो समय एक पछि अर्को गर्दै बाहिरिन थालेका छन् । स्रोतले दिएको जानकारी अनुसार यो कन्सटेन्सीले विगत देखि नै पैसाको आडमा विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्दै आएको छ । पछिल्लो समय हजारौ विद्यार्थीहरु ठगिएको समाचार अष्ट्रेलियाबाट बाहिर आएपछि यसको कर्तुतको पर्दाफाँस भएको हो ।

स्रोतका अनुसार विगतमा यस्तो समस्यामा एक दुईजना मात्र पर्ने भएकाले उसले धम्कि दिएर होस् वा पैसा तिरेर जे सुकै गरेर भएपनि आफु चोखो देखिदै आएको थियो ।  यतिबेला पनि एक्स्पाार्टले अष्ट्रेलियामा दर्ता नै नभएको अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआईबीटी)मा सबैभन्दा बढी विद्यार्थी पठाउने मध्येको कन्सलटेन्सी पनि यहि देखिएको छ ।

एक्स्पर्टको कालो कर्तुत पढ्नु भयो ?

अस्ट्रेलियामा अलपत्र विद्यार्थीलाई ज्यान मार्ने धम्कि (भिडियो सहित)

नेपाली क्रिकेटर पारसलाई देखाएर यसरी लुट्छन् विद्यार्थीहरुको लाखौ रकम

नेपाली कन्सलटेन्सीको कालो कर्तुत, शिक्षाको नाममा डलरको खेती

अष्ट्रेलिया पुगेका विद्यार्थीहरुले आफुहरु अलपत्र परेको जानकारी दिदै उद्धार गर्न आह्वान गरेपछि नेपालका ठग कन्सलटेन्सीहरुको पर्दाफाँस भएको हो । तर, अन्य कन्सलटेन्सीहरुले उद्धारको पहल गर्ने जनाईरहेको बेला एक्स्पार्टले विद्यार्थीहरुका अभिभावकलाई धम्काएर आफ्नो असली रुप देखाएको छ ।

विद्यार्थी ठग्न पारसलाई २० लाख

एक्स्पार्टले विद्यार्थीहरु ठग्नको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिका क्याप्टन पारस खड्कालाई वर्षेनी २० लाख दिने गरेको छ । आफ्नो कन्सलटेन्सीका एम्बासडर बनाएर एक्स्पार्टले कम्पनीको चर्चा कमाईरहेको छ। यस कन्सलटेन्सीले पारस प्रति नेपाली यूवा पुस्ताको मोह र उनको फ्यान फ्लोवर्स बढि भएका कारण ब्राण्ड एम्बासडर बनाईएको हो ।

उनको फ्यान फ्लोवर्सकै कारण उसले अहिले सम्म विद्यार्थीहरु पाईरहेको छ । अकुत सम्पत्ति कमाएपछि अहिले एक्स्पार्टले देशै भर शाखा संजालहरु विस्ता गरेको् छ । एक्स्पर्टबाट ठगीएको आवाज बाहिर ल्याएपछि हतार हतार विज्ञप्ति जारी गर्दै सो कलेजमा आफूले विद्यार्थी नपठाएको बताएर जोगिन खोजेको एक्स्पार्टको अहिले झुटको पर्दाफँस भएको छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  १२ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।