अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि तालिवानले सांघातिक आक्रमण गरेका छन्।बल्ख प्रान्तमा भएको आक्रमणमा दोस्तम भने बाँच्न सफल भएका छन्। आक्रमणमा उनका एक अंगरक्षकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
तालिवानले दोस्तममाथि दोस्रोपटक आक्रमण गरेको हो।गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाति आक्रमणमा पनि उनी बचेका थिए।
दोस्तम अफगानिस्तानमा विवादित छविको नेता मानिन्छन्। उनीमाथि प्रतिस्पर्धी नेताहरुको अपहरणसँगै बलात्कार लगायतका आरोप छन्। दोस्तम सन् २०१४ देखि मात्रै राजनीतिमा लागेका हुन्।





















प्रतिक्रिया