काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २४.६३ अंकले घटेर २,६०८ को विन्दुमा कायम भएको छ ।
आज ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको मूल्य घटेको छ ।
आज ३ अर्ब २५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । यस बैंकको १३ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । टक्सार पिखुवाखोलाको ११ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्नो रिभर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै टक्सार पिखुवा खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.०३ प्रतिशतका दरले गुमाएका हुन् ।





















प्रतिक्रिया