Logo

प्रमुख समाचार

बारामा भग्नावशेष हटाउर्दै नेविसंघका निवर्तमान अध्यक्ष महर



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का निवर्तमान अध्यक्ष नैनसिंह महर बाराको फेटा गाउँपालिकामा हावाहुरीबाट ढलेका घरहरुको भग्नावशेष हटाउन पुगेका छन् । निवर्तमान अध्यक्ष महर सातवटै प्रदेशका कांग्रेसी युवाको नेतृत्व गर्दै फेटा गाउँपालिकामा पर्ने भलही र भरवलिया भग्नावशेष हटाउन पुगेका हुन् ।

उनीहसँगै कांग्रेस बाराका कोषाध्यक्ष शेखर यादव, पूर्वसांसद जीतेन्द्र यादव, नेविसंघका सञ्जय यादव, फिरोज आलम, सुधिर पटेललगायत अन्य युवा भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

गत आइतबार गएको हावाहुरीले भलही र भरवलियामा १३ जनाको मृत्यु हुनुका साथै सयौं नागरिक घाइते भएका थिए । महर नेतृत्वको टोलीले स्थानीय सरकारसँगको समन्वयमा ती गाउँका ८० परिवारलाई चामल, दाल, तरकारी, त्रिपाल, टुथपेष्ट–ब्रस, पानी, फ्रुटीलगायत वितरण गरेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए ।

यसअघि कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेसहित प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री वितरण गरेका थिए । उनी नेतृत्वको टोली हावाहुरी प्रभावित क्षेत्रमा क्षतिग्रस्त विद्यालय पुनर्निमाणको तयारी लागेको निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ०६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।