प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका छन् ।
नीजि सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै देउवा कन्ट्रयाक ट्रेसिङमा परेका हुन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सभापति देउवाको भोलि स्वाब परीक्षण गरिने सहयोगि भानु देउवाले जानकारी दिए । देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।
देउवाको कोरोना परिक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।




















प्रतिक्रिया