Logo

प्रवास

३२ जना नेपाली सवार बस भारतको नहरमा खस्यो



३२ जना नेपाली र एक भारतीय नागरिक बोकेको यात्रुबाहक बस भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा खसेको छ । बुधबार फूलबेहड़ गाउँमास्थित शारदा नहरमा बस खसेपछि भारतीय प्रहरीले सबैलाई जीवितै उद्धार गरेको छ । भारतको शिमलाबाट नेपालको दाङको लागि छुटेको नेपाली बस बिहान करीब ५ बजे शारदा नहरमा खसेको टाइम्स अफ इंडिया आनलाइनले जनाएको छ ।

प्रहरीको प्ररम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो । उक्त पत्रिकाको अनुसार उत्तरप्रदेशको फूलबेहड़ थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो ।

त्यस्तै नहरमा खसेको बसलाई दुईवटा क्रेनको साहयताले बाहिर निकालेको थियो । उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा आगाडि एउटा मोडमा चालकले कुरा गर्दै बस लाई तीब्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको थियो । त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको थियो । उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि दाङ पठाइएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार ०८:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।