Logo

प्रवास

अस्ट्रेलियाबाट भाग्न खोजेका नेपाली चालक पक्राउ



अस्ट्रेलियामा सवारी दुर्घटना गराई भाग्न खोजेका एक नेपाली सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै अघिल्लो साता भएको दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सोही दुर्घटनामा परेको कारका चालक सागर भट्टराई शुक्रबार पक्राउ परेका हुन् ।

उनलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी पुर्‍याएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ ।

उनलाई स्थानीय परामाता बेल कोर्टले जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने छ । दुर्घटनामा २२ वर्षे समिक्षा सुवेदी र गोपाल भण्डारीको ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ०९:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।