Logo

ठगी गर्ने गिरोहका मानिस पक्राउ  



सामाजिक संजाल मार्फत  ठगी गर्ने गिरोहमा संलग्न मध्येका प्रसौनी गाउँपालिका-४ बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

महतोले महागढीमाई नगरपालिका-३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको छ र उक्त रकम प्राप्त गर्न अग्रिम १ लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई उक्त रकम ठगी गरी फरार रहेको खुल्न आएको छ ।

महतो उपर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १२:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।