देश छाडेर विदेश भासिएकाहरु गैरनेपालीहरुको विश्व छाता संगठनको दुई वर्षे नयाँ कार्यसमितिको अध्यक्षमा जर्मन नागरिक कुमार पन्त निर्वाचित भएका छन् । उनी सन् १९९९ मा नेपाल छाडेर जर्मनी गएका पुगेका थिए ।
उनीजस्तै नेपाल छाडेर विश्वका विभिन्न मुलुकमा पुगी नेपाली नागरिक त्यागेर त्यहीँका नागरिकता लिएकाहरुका लागि रसियाका गैरनेपाली उपेन्द्र महतोको नेतृत्वमा स्थापना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को तीन दिनअघि काठमाडौंमा महंगा होटल ह्यातमा चलेको नवौं विश्व सम्मेलनले संघका अध्यक्षमा पन्त निर्वाचित भएका हुन् ।
विश्वका ८१ मुलुकबाट आएका नेपाल आएकाहरुबाट २३४० मत खसेकाे थियाे । तीन अंकको फरक मतले अध्यक्षका अर्का उम्मेदवार बेलायती नागरिक कुल आचार्यलाई जितेर पन्त विजयी भएको स्रोतले बतायो । तर मत परिणाम घोषणा हुन बाँकी छ ।
अध्यक्षमा विजयी सत्तारुढ नेकपामा कार्यकर्ता हुन् । उनलाई सत्ता पक्षधरले साथ दिएका थिए । पन्तलाई सत्ता र कुल आचार्य प्रतिपक्षी दल नेपाली कांग्रेसले साथ दिएका थिए ।
पाँच उपाध्यक्षमा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा निर्वाचित भएका छन् । महासचिवमा डा. हेमराज शर्मा निर्वाचित भएका छन् । दुई सचिवमा गौरी जोशी र आरके शर्मा निर्वाचित भए । कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः महेश श्रेष्ठ र लोक दाहाल विजयी भएका छन् । विजयी संयोजक र सदस्यहरुको नामावली सार्वजनिक हुन बाँकी छ ।
















प्रतिक्रिया