Logo

अर्थ

रियामनि ट्रान्स्सफरबाट शेरचनले जिते दुईगुणा बढी रकम



सेवाग्राही इन्द्रराज शेरचन दशैंमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् ।

शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’मार्फत विजेता घोषित हुनुभएको छ । सेवाग्राहीले युकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

उनले युकेस्थित रिया मनि ट्रान्स्सफर मार्फत रु ५०,१३७र( नेपालमा पैसा पठाउन भएको थियो र जसको दुई गुणा हुन आउने रकम रु १००,२७४ हात पारेका छन् । पुरस्कार राशी सेवाग्राही शेरचनको लागि चेलीमाया गौचनले लिएकी छन् ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम रहनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कारस्वरुप प्रदान गरिने आईएमई र रियामनि ट्रान्सफरले संयुक्त रुपमा बुधबार जारी प्रेस गरेको प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।