नेपालले अब विदेशी समुन्द्रमा नेपाली राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालनमा ल्याउने भएको छ । सरकारले तेस्रो मुलुकसंग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्नका लागि राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसंग सहमती गरेको छ । यो सामाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा उक्त सहमति भएको हो । नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।
नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो ।





















प्रतिक्रिया