Logo

पत्रपत्रिका

तयार भयो रेलको नक्सा, पढ्नुहोस् कहाँ बन्छन् स्टेसन ?



काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग आयोजनाको स्थलगत अध्ययन सकिएको छ । उच्च स्तरीय चिनियाँ प्रतिनिधि मण्डलले गरेको अध्यायनले नयाँ नक्साङ्कनको प्रस्ताव समेत गरिसकेको छ । मुख्यतया केरुङ–काठमाडौँ रेलमार्ग आयोजना अगाडि बढाउने बारेमा छलफल गर्न नेपाल आएको प्रतिनिधिमण्डलले काठमाडौँ–कुरिनटार–पोखरा र काठमाडौँ–कुरिनटार–लुम्बिनी रेलमार्गको नक्साङ्कन (एलाइनमेन्ट) तथा स्टेसनहरू रहने सम्भावित ठाउँहरूको स्थलगत अध्ययन गरेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

गोरखापत्रका अनुसार चीनको रेलवे प्रशासनका उपप्रशासक आन लु सङको नेतृत्वमा २३ सदस्यीय उच्च स्तरीय चिनियाँ टोली मङ्सिर ९ गते काठमाडौँ आएको थियो । चिनियाँ टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ प्रतिनिधि मण्डलले अध्ययनका क्रममा प्रस्तावित काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको जानकारी दिए । उनले काठमाडौँ–पोखरा र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि चितवन कुरिनटारसम्म एउटै ‘एलाइनमेन्ट’ हुने अध्ययनले प्रस्ताव गरेको जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार ०१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।