Logo

पत्रपत्रिका

सगमाथा राष्ट्रिय निकुञ्ज यति एअरकाे कब्जामा, यसरी पार्याे हात



सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्ज मालपोतका मालपोत अधिकृतको नक्कली हस्ताक्षर गरेर कब्जा गरेको खुल्नमा आएको छ । १० मंसि २०५८ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालिन माओबादीले हमला गर्दा मारिएका सुरक्षाकर्मी र कर्मचारीसतिह कामु मालपोत अधिकृत भीम बहादुर सम्बाहाम्फेको निधन भएको थियो । घटनामा मालपोतका सम्पुर्ण स्रेस्ता समेत जलेर खरानी भएका र देशका लागि ठुलो त्रास लाग्दो घटना भईरहेको बेलामा विचौलियाहरुले यसको फाईदा उठाएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । समाचार अनुसार तत्कालिन समयमा यती एयरको समुहले उक्त बद्मासी गरेको थियो । सोही समयमा नयाँ कागजपत्र बनाएर निकुञ्जको ५० रापनी जग्गा हात पार्ने योजना बनाईएको थियो । आक्रमण भएकै दिन निकुञ्जको नाममा रहेको कित्ता नम्बर २३५ लाई कित्ताकाट गरियो । कित्ता नम्बर ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कित्ता नम्बर ३८९ मा २५ रोपनी ४ आना १ पैसा कायम गरेर व्यक्तिको नाममा सारियो । यी दुई कित्ता जग्गा क्रमशः ल्हाक्पा तन्जी शेर्पा र आङमाया शेर्पाको नाममा सारियो । जग्गा यसरी पास गर्दा मालपोत अधिकृतका रुपमा सम्बहाम्फेले हस्ताक्षर गरिएको भेटिएको छ । दिउँसो जग्गा पास गरेको र बेलुका माओबादी आक्रमण भएको साबित गरेर मृतक मालपोत अधिकृतलाई पनि दोषि बनाईएको थियो । उता, विश्व सम्पदा सुचीमा रहेको निकुञ्जको जग्गा आफ्नो नाममा आउँदै छ भन्ने थाहा समोत थिएन् ।
करिब डेढ वर्षसम्म यो जग्गा उनीहरूकै नाममा रह्यो । १ जेठ ०६० मा दुवै कित्ताका जग्गा नामसारी गरियो । कित्ता ३८७ को २४ रोपनी ११ आना कोङ्दे भ्यु प्रालि र कित्ता ३८९ को २५ रोपनी ४ आना ल्हाक्पा सोनाम शेर्पाको नाममा सारियो । यती एयरका तत्कालीन प्रमुख आङछिरिङ शेर्पा नै कोङ्दे भ्यु प्रालिका सञ्चालक हुन् । त्यस्तै, ल्हाक्पा सोनाम उनका दाजु हुन् । सर्वोच्च शिखरको काखमा भएको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने शक्तिशाली व्यक्ति यी दुई भाइ नै हुन् ।

यसरी निकुञ्जको जग्गा व्यक्तिको नाममा पास गराउँदा केही कर्मचारी मिले पनि नापी कार्यालयलाई कागजी रूपमा जानकारी थिएन । अचानक निकुञ्जभित्र धमाधम भवन निर्माण सुरु भएपछि निकुञ्ज र नापीका कर्मचारी मात्र होइन, स्थानीय जनता पनि आश्चर्यचकित भए । राष्ट्रिय निकुञ्जले आफ्नो जग्गाभित्र अतिक्रमण भएको भन्दै निर्माण तत्काल रोक्न आदेश दियो । त्यसविरुद्ध आङछिरिङका दाजुभाइ सर्वोच्च अदालत गए । ९ भदौ ०६२ मा सर्वोच्चले आदेश दियो, ‘निर्माण कार्य

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ००:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।