Logo

कर्णाली प्रदेश

मुख्यमन्त्री र मन्त्रीहरु नै विद्यालयको खर्चमा हेलिकप्टर चँढेपछि…



कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले विद्यालयको खर्चमा हेलिकप्टरको यात्रा गरेको पाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले हुम्लाको एक विद्यालयको उद्घाटन गर्न सोही विद्यालयको खर्चमा नेपाली सेनाको हेलिकोप्टरको यात्रा गरेका हुन् ।

उनिहरुले हेलिकप्टरबाट ताँजकोट गाउँपालिका–४ स्थित चन्द्रप्रकाश माध्यमिक विद्यालय हुम्लाको शिलान्यास गरेका हुन ।मुख्यमन्त्री र मन्त्रीको भ्रमणमा सोही विद्यालयको ३ लाख र ताँजकोट गाउँपालिकाको १ लाख ५० हजार गरी चार लाख ५० हजार रुपैयाँ नेपाली सेनाको हेलिकप्टरलाई भुक्तानी जनाईएको छ ।

चालू आर्थिक वर्षको बजेटबाट प्रदेशको सामाजिक विकास मन्त्रालयको एक करोड र ताँजकोट गाउँपालिकाको २० लाख गरी १ करोड २० लाखको लागतमा विद्यालयको नमूना भवन निर्माण गर्ने योजना स्वीकृत भएको छ ।

हेलिकप्टरको भाडा विद्यालय भवन निर्माणमा बिनियोजन भएको रकमबाटै व्यवस्थापन गरिएको स्रोतले जनाएको छ । दुर्गमका विद्यालय बजेट अभावमा आवश्यक शिक्षकको दरबन्दी र पूर्वाधार समेत अपुग भइरहेका बेला मन्त्रीहरुको यस्तो कार्यले विस्वस्नीयतामाथी शंका उब्जाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार ०५:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।