सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती ३ मा दुर्घटना हुँदा १७ जना नेपाली सेना घाईते भएका छन् । पूर्वी नवलपरासीको पुरानो कावासोती बजारमा बस दुर्घटना भएको हो ।
नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो ।
घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ भने् अन्यको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार थिए ।




















प्रतिक्रिया