Logo

कर्णाली प्रदेश

जहाँ छाउगोठमै छोरी मर्छन्,



सुदूरपश्चिम र कर्णाली प्रदेशलाई छाउपडी कुप्रथाको आरोप लाग्ने गरेको छ । छोरीहरुलाई पाँच देखि १० दिनसम्म घर परको चिसो छिड्यानमा राख्ने आ-आफ्नै चलन चल्ति छ । यतीमात्र हैन्, बच्चा पाएको सुत्केरीलाई समेत बच्चा सहित १० दिनसम्म गोठमा राख्ने गरिन्छ । अब त्यस ठाउँको परिचय फेरिएको छ ।

कर्णाली प्रदेश सरकारले यसको सुरुवात गरेको छ । प्रदेशले छोरीलाई आत्म निर्भरबनाउने उद्देश्यले प्रदेशभित्र जन्मिएका छोरीको बचत सहित बैंक खाता खोल्ने कार्यक्रम शुरुवात गरेको हो । यसको सुरुवात चालू आर्थिक वर्ष २०७६ ७७ को बजेटमा प्रदेश सरकारले घोषणा गरेको ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ मंगलबार कालीकोटबाट शुरुआत भएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृह जिल्ला कालीकोटबाट कार्यक्रम शुभारम्भ गर्नु भएको हो । बुधबार नै खाँडाचक्र नगरपालिकाका दलित समुदायका दुई बालिकाको बैंक खाता खोलेर कार्यक्रमको उद्घाटन गरिएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार यही साउन २३ गते जन्मिएकी जानकी परियार र असोज ९ गते जन्मिएकी जमुना सुनारलाइ बैंक खाता खोल्न मंगलबार १ हजार रूपैयाँको चेक दिइएको छ । त्यस्तै, प्रदेशका १० वटै जिल्लामा कार्यक्रम लागू गरिएको छ ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्यविधिमा २०७६ साउन १ गते वा त्यसयता जन्मिएका छोरीलाई यस कार्यक्रममा आबद्ध गराइने उल्लेख छ । बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्ने छन् । आफ्नो बुबाआमा हुनेले बुबा आमाबाटै र नहुनेले आश्रित सङ्घसंस्था वा संरक्षकले छोरीको खाता खोलिदिनुपर्ने गरी कार्यविधि बनाइएको छ ।

यो सुविधा एक दम्पतीबाट जन्मिएका बढीमा दुई जना छोरीको हकमा मात्र उपलब्ध हुने जनाइएको छ । संरक्षकको जिम्मामा रहेका छोरीको हकमा भने सङ्ख्याको सीमा तोकिएको छैन । कर्णाली सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले कर्णाली प्रदेशमा छोरीहरुमाथि हुने असमान व्यवहार हटाउन कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभएको छ ।

कार्यक्रमका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालू आवमा रु ७ करोड बजेट विनियोजन गरेको छ । यस कार्यक्रमबाट छोरीमाथिको विभे र बालविवाह अन्त्य हुने तथा छोरीको शिक्षादीक्षामा मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा रहेको समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०१:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।