प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कि केन्द्रीय सदस्य एंब प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले बताएकी छन् ।
अनलाइनपाना संवाददाता सँग कुरा गर्दै सांसद संग्रौलाले संसदको हिउँदे अधिबेशनमा सरकारले पेश गर्न तयार पारेको विशेष सेवा समिति गठन विधेयक पेश गर्न लागेको जनाउ दिदैं सरकारले नागरिक स्वतन्त्रताको ठाडो उल्लंघन गर्दै सरकारले आफुलाई मन नपर्ने वा आफ्ना बिरोधीहरुको मात्रै नभएर सामन्य जनताको गोपनियता सम्बन्धि संवैधानिक व्यवस्थाको बर्खिलाप हुने गरि राष्ट्रिय अनुसन्धान बिभागको माध्यमबाट नागरिकको फोन ट्यापीङ समेत गर्न सक्ने अधिकार दिईनु पञ्चायती पथकै निरन्तरता मात्रै भएको उनको भनाइ छ ।
त्यस्तै नीति तथा प्रतिष्ठान बिभाग गठनको विधेयक होस् वा मानव अधिकार विधेयक मात्रै होइन जनदबाबको बलमा संसदबाट खारेज भै सकेको गुठी विधेयक नै फ़ेरि संसदमा पेश गर्न लागेको कुरा नै होस यि सबै तथ्यलाई हेर्ने हो भने ओली सरकारको चरित्र आफैं प्रष्ट हुने उनको भनाई छ ।
त्यस्तै कुनै पनि देशको नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा क्षेत्रका मेरुदण्ड मानिने बिश्वबिद्धालयका पदाधिकारी नियुक्त गर्दा समेत आफ्ना पार्टीका कार्यकर्ताहरुको भर्ती केन्द्र बनाउ थालेको भन्दै आक्रोश समेत व्यक्त गरिन ।
`आफू भ्रष्टाचार पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने´ भन्ने प्रधानमन्त्रीको भनाइ र गराई बिचको अन्तरलाई त हेर्न त नेपाल ट्रस्ट माथि प्रधानमन्त्री निकट मानिने यति समुहको ब्रम्हलुटलाई मात्रै नियाल्ने हो भने पनि प्रष्ट हुने उनको भनाई छ ।
















प्रतिक्रिया