युवतीलाई ‘बलि चढनउन भारत लैजान लागेको आशंकामा प्रहरीले सात जना पक्राउ गरेको छ । एक जनालाई काठमाडौ र एक जनालाई विराटनगरनजिकको सीमा क्षेत्रमा पक्राउ गरिएको हो ।
उनीहरुलाई तीन दिनको विशेष अपे्रसनपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । पक्राउ परेका मध्य दुई महिला पनि छन् ।
प्रहरीले सबैको नाम गोप्य राखेको छ । युवतीलाई ‘बलि चढाउन’ लैजान खोजेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको छ; प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने स्रोतका अनुसार पक्राउ पर्नेमा उमेश माझी, कृष्ण तामाङ, उमेश शाह, दिलीप पोदार, रन्जित चौधरी थारु, प्रेमामाया तामाङ, दिलकुमारी बुढामगर छन् ।
उनीहरुमध्ये एकजा काठमाडौका र बाँकी सबै विराटनगरका हुन् । प्रवक्ता बोगटीका अनुसार, सुरुमा युवतीलाई पुजा गर्न भारत लैजान लागेको सुचना आएको थियो । अनुसन्धानमा खटिएको टोलीले उनीहरु विराटनगर आसपासको क्षेत्रमा रहेको जानकारी पायो । सीमा क्षेत्रबाट उनीहरुलाई पक्रउ गरियो ।
प्रहरीका अनुसार बलि चढनउन लैजान खोजिएकी २१ वर्षीय युवती मोडल हुन् । उनको काठमाडौमा कार्यलय छ । केही दिनअघि मोडलिङ गर्ने प्रस्ताबसहित एक महिला उनको कार्यलय आएकी थिइन् उनीसंगै केही पुरुष पनि थिए । पहिलो चरणमा मोडलिङ काठमाडौमै गर्ने भनेका थिए । आकर्षक पारिश्रमिकको प्रस्ताव आएपछि युवती तयार भएकी थिइन् । फोनमा दुई पक्षबिच पटक–पटक संवाद भए पनि लिखित सम्झौता भने भएको थिएन ।
मोडलिङको लोकेशन विशेष कारणले काठमाडौबाट विराटनगर सरेको खबर आएपछि युवती त्यहा पुगिन् । त्यहीबीच उनीहरुले युबतीलाई मासु, मदिरा खाने गरे–नगरेको सोधे । युबतीले नखाने बताएपछि महिनावारी भए नभएको सोधे ।
उनले अहीले नभएको बताइन् । त्यसपछि उनीहरुले सटिङको लोकेशन नेपाल – भारत सीमा क्षेत्र आसपास हुने बताए । शंका लागेपछि युवतीले सटिङको ‘डिस्क्रिप्सन’ मागिन् ।
उनीहरुले डकुमेन्ट्री सुटिङ गर्नु पर्ने भएकाले मासु, मदिरा नखाने र महिनावारीन भएकाी युवती चाहिएको बताएका थिए । त्यसपछि ती युवतीले प्रहरीलाई खबर गरेकी थिइन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।





















प्रतिक्रिया