Logo

पत्रपत्रिका

जनवरीदेखि लागू हुनेगरी श्रमिकको तलब बढाउँदै मलेसिया सरकार



मलेसिया सरकारले आउँदो जनवरीदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम तलब बढाउने भएको छ ।

मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी वर्ष सन् २०२० को जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी श्रमिकको तलब बढाउने जनाएको छ ।

मन्त्रालयका अनुसार जनवरी १ देखि श्रमिकको न्यूनतम तलब एक हजार २०० रिङ्गिट हुने भएको छ ।
तलब बढेपछि श्रमिकले न्यूनतम मासिक तलब करिब ३३ हजार पाउने छन् ।

मलेसियामा हाल श्रमिकको न्यूनतम तलब एक हजार १०० रिङ्गिट रहेको छ ।

आजको गोरखापत्र दैनिकबाट साभार

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार ०१:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।