Logo

कर्णाली प्रदेश

वडाध्यक्षलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले



विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुममा वडाध्यक्षलाई कालोमोसो दलेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेको बताइएको छ ।

शनिबार विहान उनलाई कालोमोसो दलेको बताइएको छ । जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको नेकपा निकट युवा संगठनले विज्ञप्ति मार्फत जिम्मा लिएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । ‘वडाध्यक्षलाई कालोमोसो दलेका जानकारी आएको छ,’ उनले भने, ‘तर घटनामा संलग्नहरु फेला परेका छैनन् खोजी भइरहेको छ ।’

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।