Logo

अर्थ

उखुको बाँकी रकम माग्दै माइतीघरमा धर्ना



उखुको बाकी रकम माग गर्दै काठमाडौं तराईका किसानहरु आईपुगेका छन् ।

उखु किसानहरुले शनिबार माइतीघर मण्डलामा धर्ना समेत दिएका छन् ।

बक्यौता रकम नपाएसम्म गाउँ नफर्किने उखु किसानहरुले बताएका छन् ।

चिनी मिलहरुले २०७० साल देखिकै रकम नदिएको उनिहरुको भनाई छ ।

उखु किसानका अगुवा हरेश्याम रायले चिनी मिलहरुले हालसम्म ५० करोड रुपैयाँ दिन बाकी रहेको बताए ।

महालक्ष्मी सुगर मिल्सले मात्रै किसानलाई साढे २१ करोड रुपैयाँ बक्यौता तिर्न बाकी छ ।

सरकारले यो वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०८:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।