Logo

पत्रपत्रिका

विश्वलाई नेपाल भ्रमणको निम्तो



राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदका लागि तयार पारिएको दशरथ रंगशालाबाट बुधबार विश्वलाई नेपाल भ्रमणमा आउन आह्वान गरिएको छ । देशका चर्चित नायक राजेश हमालले भव्यरुपमा सिँगारिएको रंगशाला मञ्चबाट अंग्रेजीमा प्रश्न गरे, ‘वल्र्ड, आर यु रेडी फर नेपाल (विश्व, तिमी नेपाल आउन तयार छौ।)’

देशका सातै प्रदेश र संघीय राजधानी काठमाडौंबाट एकसाथ थालनी भएको नेपाल भ्रमण वर्षको उद्घाटन समारोहले सम्पूर्ण नेपालीको साझा अभियान भएको छनक दिएको थियो। नेपाल घुम्न आउने पर्यटकले यहाँका प्राकृतिक सौन्दर्य, वन्यजन्तु, साहसिक पर्यटनसँग साक्षात्कार त गर्छन् नै, त्योभन्दा बढी यहाँका नागरिकको मुस्कान पर्यटकका निम्ति बिर्सिनसक्नुको हुन्छ। यसैलाई हमालले आफ्नो आरम्भिक वक्तव्यमा उल्लेख गरेका थिए ।

नेपालले उद्घाटन समारोहमा आफ्नो बहुधार्मिक र सांस्कृतिक छटासमेत विश्वसामु प्रस्तुत गरेको छ । हिन्दु, बौद्ध, किरात, मुस्लिम, कृस्चियनलगायतका सातै धर्मको प्रतिनिधित्व आफैंमा अनुपम संयोग थियो । सांस्कृतिक झाँकीले अनेकतामा एकताको सन्देश दिएको थियो । मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको हो ।

भ्रमण वर्षको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन हुने प्रचार गरिए पनि उनी उपस्थित भएनन् ।

मुलुकको आर्थिक विकासको महत्वपूर्ण पाटो मानिएको पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिनको साइतमा ‘नेपाल भ्रमण वर्ष २०२०’ कार्यक्रम अगाडि सारेको छ ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता, निजी क्षेत्रका प्रतिनिधि, उच्चपदस्थ व्यक्तित्वसहित, राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारकर्मी, सुरक्षाकर्मी, सर्वसाधारणलगायतको उपस्थिति थियो । नागरिक दैनिकबाट

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार ०२:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।