नेपालको सहरी क्षेत्रमा पछिल्लो समय अनौठो प्रजातिको कमिला देखिएको छ । रातो कमिलाजस्तै देखिने यो यहाँको भने होइन । यस्तो कमिला कहाँबाट कसरी नेपाल प्रवेश गर्यो भन्ने जानकारी कसैलाई छैन् । यो कमिला केही समयअघि मात्र नेपाल प्रवेश गरेको नेपाल जडिबुटी उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
नेपालमा दुई किसिमका कमिला छन् । एउटा वनस्पतिलाई नोक्सान गर्ने र अर्को नोक्सान गर्ने । नयाँ कमिलाले वनस्पतिलाई नोक्सान गरिरहेको घिमिरे बताउँछन् । ‘यो कमिला सहरी क्षेत्रका पक्की घरमा मात्र देखिएको छ । भर्खरै नेपाल भित्रिएका कारण गाउँसम्म पुग्न नसकेको हुन सक्छ,’ उनी भन्छन्, वनस्पतिका लागी यो खतरापूर्ण छ । यसले सागपातलगाएतका वनस्पति नोक्सान गरिरहेको हामीले भेट्टाएका छौँ ।’
विदेशबाट भित्रिने काठसँगै कमिला पनि नेपालसम्म आइपुगेको हुन सक्ने अध्यक्ष घिमिरेको अनुमान छ । उनका अनुसार विभिन्न देशबाट आउने काठको प्रयोग सहरी क्षेत्रमा हुनु र यो कमिला सबैभन्दा पहिले सहरी क्षेत्रमा देखिनुले पनि यो काठको माध्यमबाट आइपुगेको हुन सक्छ । अहिले नेपालमा मलेसिया, इन्डोनेसिया,चीन, भियतनाम लगाएतबाट दुई प्रकारका साल र कुकाठ नरम काठ भित्रिने गरेका छन् । यिनै काठमा नेपालले गर्नुपर्ने अत्यावश्यक परीक्षण हुँदैन । यसबाट नेपालमा वातावरणीय जोखिम बढिरहेको जानकार बताउँछन् । अन्नपूर्ण पोस्टबाट





















प्रतिक्रिया