निकुञ्ज वन क्षेत्रमा अवैध रूपमा रुख कटानी गर्दै गरेको अवस्थामा चार जनालाई पक्राउ परेका छन । डोल्पाको जगदुल्ला गाउपालिकामा पर्ने शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वनमा अवैध सल्ला र देवध्यारको रूख कट्दै गर्दा पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेमा जगदुल्ला गाउपालिका–५ का ३५ वर्षीय धनसिं बोहरा सहोही ठाउँका ३५ वर्षीय रुपचन्द्र विक, राजिव विक तथा वडा नं. ६ का ४० वर्षीय भक्ति बुढा र ३५ वर्षीय भिमप्रसाद बुढाथोकीलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमर्णी पौडेलले जानकारी दिए ।




















प्रतिक्रिया