Logo

कर्णाली प्रदेश

कर्णालीमा छाउगोठ भत्काउँदै (फोटोफिचर)



कर्णाली प्रदेशका विभिन्न ठाउँमा रहेका छाउगोठ भत्काउन थालिएको छ । गृहमन्त्रालयले सबै छाउगोठ भत्काउन निर्देशन दिएपछि स्थानीय प्रहरी प्रशासनका साथै अधिकारकर्मीहरुले छाउगोठ भत्काउन थालेका हुन् ।

महिलामा हुने नियमीत महिनावारी प्रक्रियाको बेला छाउगोठमा राख्दा असुरक्षित हुने भएकाले भत्काउन थालिएको हो ।

परिवार भन्दै छुट्टै छाउगोठमा बस्दा ज्यानसमेत जाने भएकाले महिला सुरक्षाको लागि प्रशासनले भत्काउने निर्देश दिएको हो ।
कर्णाली र सुदूरपश्चिममा महिनावारी भएका महिला घरभित्र पस्न पाउँदैनन् ।

धार्मिक संस्कार भन्दै उनीहरू छाउगोठ बनाएर बस्दा अनेकौं दुःख झेल्ने बाध्य छन् ।

प्रकाशित मिति : १९ पुष २०७६, शनिबार ०६:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।