Logo

अर्थ

पकेट क्षेत्रमै मह उत्पादनमा कमी



महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।

प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढंगले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताए ।

एक सय ६० भन्दा बढी घार मौरी पालेका सिस्ने–३ पोखराका ओमप्रकाशले गत वर्ष एकसिजनमा महबाट करिब पाँच लाख रुपैयाँ आम्दानी गरेका थिए ‘पोहोरसाल मैलै दुई सय ५० धार्नी मह बिक्री गरेँ र यसपटक मुस्किर्ले क सय २५ धार्नी बिक्री गरेँ ।’

सिस्ने गाउँपालिका–३ का कृषक कमला खड्काले पनि यस वर्ष मह उत्पादनमा कमी आएको बताइन् । उनले गत वर्ष एक ३० धार्नी मह बिक्री गरेर दुई लाख ६० हजार रुपैयाँ आम्दानी गरिको बताइन् । तर यस वर्षमा भने ६५ धार्नी मात्रै मह बिक्री गरेको जानकारी दिइन् ।

यहाँको मह प्रतिधार्नी दुई हजार दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ । पछिल्लो समय माहुरीको चरण क्षेत्र मासिनु, जथाभावी विषादी प्रयोग, प्राविधिक ज्ञानको कमी र विभिन्न किसिमका रोगको संक्रमणलगायतका कारणले मह उत्पादनमा कमी आएको जनाइएको छ ।

यहाँको मह रुकुमपूर्व, रुकुम पश्चिमसहित दाङ, रोल्पा, काठमाडौं, पोखरासम्म बिक्री हुने गर्दछ । सिस्ने गाउँपालिका–३ पोखरामा उत्पादन भएको महले बजारको माग धान्न सकिराखेको छैन । बजारको चिन्ता नहुने तथा सजिलै बजार पाउँदा माहुरीपालक कृषक उत्साहित छन् । मह उत्पादनमा कमी आउँदा उनीहरू चिन्तित बनेका छन् । रासस

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।