Logo

कर्णाली प्रदेश

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु



सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको ना४ख ८८७० नम्बरको मालबहाक ट्रक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चु घर भएका ३५ वषीएय रवीन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक ढेकेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार ट्रक सडकबाट करिब एक सय मिटर तल खोलामा खसेको थियो ।

उक्त ट्रकले चौरजाहारी मेलैनाउलीमा निर्मानाधिन अवस्थामा रहेको पक्की पुलको सेटिङ्कको सामान ल्याएर चौरजहारी आउँदै गरेको थियो । दुर्घटना बारे अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०५:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।