नेपाल प्रहरीले अत्याधुनिक सिम लोकेटर अभ्यासमा ल्याउने भएको छ । आगामी वैशाखभित्रै अत्याधुनिक प्रविधि (डिभाइस) जडान गर्ने प्रहरीको तयारी छ । मोबाइल फोनको सिम (सब्स्क्राइबर आइडेन्टिटी मोडुल) कार्डमार्फत अपराधीको खास स्थान पत्ता लगाउन सहयोग पुग्ने प्रहरीको भनाइ छ । सो डिभाइस नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग रहनेछ ।
आगामी वैशाखभित्रै जडान गरिसक्ने गरी सिआईबीले डिभाइस जडानका लागि खुल्ला बोलपत्र आह्वानसमेत गरिसकेको छ । स्पेसिफिकेसनअनुसार टेन्डर हाल्न केही कम्पनी सहभागी भइसकेको प्रहरीले जानकारी दिएको छ ।
जडान गरिने डिभाइसले अपराधीको लोकेसन मात्र नभई, उनीहरूको मुभमेन्ट, स्पिड, समय र दिशासमेत पत्ता लगाउन सक्नेछ । साथै, मोबाइल सञ्चालनमा नआउँदा पनि सिमका आधारमा यो डिभाइसले वास्तविक स्थान ट्र्याक गर्न सक्नेछ । यसका लागि फोनमा कल हुनैपर्छ भन्ने छैन । सोहीअनुसार योजना बनाएर प्रहरीले अपराधीलाई पक्राउ गर्न सक्नेछ । नयाँ पत्रिकाबाट





















प्रतिक्रिया