Logo

शेयर बजार

नेप्सेमा भारी गिरावट



साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० दशमलव ७९ अंकले घटेर एक हजार २७६ दशमलव ७९ बिन्दु कायम भएको छ । भने कारोबार रकम ९६ करोड ५० लाख रुपियाँ बराबरको भयो ।

आज धेरै कारोबार गर्नेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था रहेको छ । जसको कारोबार आठ करोड २६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार छ करोड ४५ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ र निर्जीवन बीमा समूहको सूचक दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ भने आज अधिकाशं समूहको सूचकमा एक प्रतिशतभन्दा धेरैको गिरावटले सेयर बजार नै राताम्मे भएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ता रहेका छन् । कम्पनी तीन दशमलब १७ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी आठ दशमलव ५५ प्रतिशतले घाटामा गएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार १७:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।