Logo

अर्थ

गैरकानुनी तरिकाबाट कमाएको रकम सहकारी क्षेत्रमा पुगेको छ : महानिर्देशक भट्टराई



नेपाल सहकारी पत्रकार समाजले आईतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण’ विषयको छलफल कार्यक्रममा बोल्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईले कर छली, मानव बेचविखन, बैकिङ ठगीलगायत गैरकानुनी तरिकाबाट कमाएको रकम सहकारी क्षेत्रमा पुगेको देखिएको बताएका छन्।

सहकारी क्षेत्र सम्पत्ति शुद्धिकरणको उच्च जोखिममा रहेको समेत रहेको र ठूलो वित्तीय दायित्व बोकेको भए पनि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कानुन परिपालनामा अरु क्षेत्रको तुलनामा सहकारी कमजोर भएका कारण उच्च जोखिममा रहेको भट्टराईले बताएका हुन।

‘अहिले सहकारी क्षेत्रलाई हामीले सम्पत्ति शुद्धिकरण निवारणका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखेका छौं। यसबारे सहकारी विभागलाई जानकारी गराएर अगुगमन नियमनका लागि निर्देशन दिइसकेका छौं,’ भट्टराईले भने। सहकारीमा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी कानुन परिपालनाका लागि स्वयं प्रारम्भिक संस्था नै जिम्मेवार हुनुपर्ने भए पनि कर्मचारीलाई त्यसबारे जानकारी नै नभएको उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार १५:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।