Logo

अन्तर्राष्ट्रिय

दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित



दुबईका अर्बपति शासक शेख मोहम्मद विन रसिन अल मक्तुम खाडीका प्रभावशाली नेतामध्येका हुन् । पछिल्लो समय उनी तनावमा छन् । पत्नी हाया बिन्ट अल हुसेन लण्डन पुगेर मुद्दा दायर गरेकी छिन् ।

शेखमाथि अपहरण, यातना र जर्बजस्ती फर्कन वाध्य पार्न खोजेको भनी लगाइएको अभियोग प्रमाणित भएको छ । बेलायतको उच्च अदालतले शेखले पत्नी हायामाथि यातना र अपहरण जस्ता गतिविधि गरेको बिहिबार प्रमाणित तथ्य सार्वजनिक गरेको हो ।

गत वर्ष राजकुमार हाया भागेर लन्डन पुगेकी थिइन् । उनका साथमा दुई सन्तान पनि छन् । जीवनमाथि नै खतरा परेको भन्दै लुकेकी थिइन् ।
अदालतले शेख मोहम्मदमाथि गरेको फैसलापछि उनले जवाफ पठाएका छन् । एकपक्षीय कथा भन्दै सरकार प्रमुखको हैसियतमा रहेकाले अदालती प्रक्रियामा सहभागी हुन नसक्ने बताएका छन् । यसलाई निजी मामला भनेका छन् ।

४५ वर्षीया हायासँग शेख मोहम्मदले सनु २००४ मा विवाह गरेका थिए । शेख ७० वर्षका छन् । आफूभन्दा २५ वर्ष कान्छी हाया छैठौं पत्नी हुन् । शेखका दुई सन्तान छन् । हाया जोर्डनका पूर्व राजा हुसेनकी छोरी हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार ११:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।