विश्व यतिबेला कोरोना भाइरस (कोभिड – १९) संक्रमण सँग जुधिरहेको छ । विश्वका विकसित देशहरू नै कोरोना संक्रमणको चपेटामा पर्दै गएका छन् ।
कोरोना विरुद्धको भ्याक्सिन मानिसमा परिक्षण गर्न सुरु गरिएपनि त्यसको नतिजा कस्तो आउने हो ? कहिलेसम्म त्यो कोरोना प्रभावितलाई उपलब्ध हुन सक्छ यि प्रश्नको उत्तर अहिलेसम्म अनुत्तरित नै छन् । अहिलेसम्म नेपालभित्र एक जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि नेपालभित्र कोरोनाको प्रभाव देखिएको छैन् ।
यस्तोमा अहिलेसम्म नेपालमा कसैलाई कोरोना संक्रमणको पुष्टि नभएपनि बजारमा माक्स लगायतका बस्तुको कालोबजारी जारी छ भने उपभोग्य बस्तुको अभाव देखिएको छ । सरकारले आपूर्ति सहज भएको जतिसुकै दावी गरेपनि उपभोक्ताले सहज तरिकाले उपभोग्य बस्तु पाउन सकेका छैनन् ।
कोरोनाको चपेटामा परेका विश्वका अन्य मुलुकमा रहेका नेपाली नेपाल फर्किने क्रम पनि बढेको देखिएको छ । यस्तोमा नेपालमा कोरोना संक्रमण फैलनसक्ने अवस्था रहेको भन्दै ‘स्वास्थ संकटकाल’ को तयारीमा जुटेको सार्वजनिक भएको छ ।
कोरोनाको महामारी यत्तिकै रह्यो भने छिट्टै नै स्वास्थ संकटकालको घोषणा गर्न सरकारले गृहकार्य थालेको बताइन्छ । विकासोन्मुख देशमा कोरोना फैलिए नियन्त्रण गर्न अत्यन्तै कठिन हुने विश्वस्वास्थ संगठनको सुझाव मुताविक नै सरकार स्वास्थ संकटकालको तयारीमा लागेको बुझिएको छ ।
















प्रतिक्रिया