Logo

प्रवास

कोरोना भाइरस: संक्रमित एक नेपाली महिलाको यस्तो अपिल !



बेलायतको लण्डनमा बसोबास गर्दै आएकी एक नेपाली महिलाले आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गर्दै सबैलाई ससचेत बन्न आग्रह गरेकी छिन् । उनले यो संक्रमण अत्यन्तै पीडादायी हुने उल्लेख गर्दै १३ दिनसम्म पनि अत्यन्तै पीडा भइरहेको बताएकी छिन् । उनले अरु सबै सचेत बनुन् र यो पीडा अरुले भोग्नु नपरोस् भन्ने उद्देश्यले आफूले नै यो जानकारी शेयर गरेको बताएकी छिन् ।

लम्जुङ तारकुघाटकी भगवती रानाभाटले फेसबुकमा आफू उपचाररत रहँदाको फोटो पोस्ट गर्दै यो जानकारी दिएकी हुन् । उनले लेखेकी छिन् ‘१० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लड्दै । यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाटै छैन। फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो तर सोचेँ सबैले सावधानी अपनाउन सक्नुहुने छ। हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ११:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।