Logo

अर्थ

माछापुच्छ्रे बैंकको सिइओमा कोइराला नियुक्त



माछापुच्छ्रे बैंकको (प्रमुख कार्यकारी अधिकृत) सिइओमा सन्तोष कोइराला नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई सिइओ बनाउने निर्णय गरेको हो ।

फागुन २८ गतेदेखि नै कामु सिइओको जिम्मेवारी पाएका कोइरालाले २०७७ बैशाख १ गते देखि कार्यभार सम्हाल्नेछन् ।
कोइराला विगत १७ वर्षदेखि बैंकिङ क्षेत्रमा छन् ।

बैंकिङको लामो अनुभव भएका कोइराला माछापुच्छ्रे बैकमा डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइरालाले कामू सीइओको जिम्मेवारी पाएका हुन ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार २३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।