Logo

प्रवास

कोरोना भाइरस: एक नेपाली परिवारै कोरोना संक्रमित



जर्मनीको राइनल्याण्डस्थित एक शहरमा बसोबास गर्ने नेपाली परिवार नै कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

विगत दश वर्ष देखि जर्मनमा बसोबास गरिरहेका नेपाली परिवारका सदस्यहरूलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दुई सन्तान सहित आमाबाबु सहित गरेर ४ जनाको परिवार रहेको जनाइएको छ । परिवारलाई नै कोरोना संक्रमण पुष्टि भएपछि सो परिवार आफ्नै निवासमा क्वारेन्टाइनमा रहेका छन् ।

संक्रमितहरूको उमेर समूह आमाबाबुको ४०/४५ र सन्तानहरूको १०/१२ बर्ष रहेको जनाइएको छ ।

सुरुका तीन दिनपछि स्वास्थमा निकै समस्या भएको तर अहिले १० दिन कटिसकेकोले स्वास्थमा निकै सुधार भएको बताएका छन् । उनिहरूले आफुहरू निको हुँदै गएको र चिन्ता नगर्न समेत सबैलाई आग्रह समेत गरेको जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १६:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।