Logo

प्रवास

कोरोना भाइरस संक्रमणका कारण अर्का नेपालीको मृत्‍यु



बेलायतमा अर्का नेपालीको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । लन्डनको क्वीन एलिजावेथ अस्पतालमा उपचारका क्रममा ४० वर्षीय एक पुरुषको निधन भएको थियो ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापबाहेक कुनै गम्भीर स्वास्थ्य समस्या थिएन ।

मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन ।

गत साता लन्डनमै कोरोना संक्रमणबाट ६६ वर्षका भूपूगोर्खाको निधन भएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १९:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।