Logo

पत्रपत्रिका

कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला



कोरोना भाइरसको बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन् । कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन् ।

बागलुङ जैमिनी नगरपालिकाकी देवीका पति बैकुन्ठ शर्मा जाजरकोटमा अध्यापन गराउँछन् । काठमाडौंमा आउँदाजाँदा बस्नुपर्ने भएकाले शर्माले कीर्तिपुरमा पनि डेरा लिएका थिए । कीर्तिपुर आउनुअघि देवी जाजरकोटमा पतिसँगै बस्थिन् ।

कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले कोरोना संक्रमण आशंकामा नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन् ।

जाजरकोटबाट आएकाले कोरोना संक्रमण हुन सक्ने भन्दै घरधनी महर्जनले गर्भवती देवीसहित उनका पति र सानो बालकलाई डेराबाट निकालेर ढोकामा ताला लगाएका छन् । चिकित्सकले यही वैशाख अन्तिम साता सुत्केरी हुने समय तोकेकाले उनीहरु गत बुधबार एम्बुलेन्समा कीर्तिपुरस्थित डेरामा आएर बस्न थालेका थिए ।

घरधनी महर्जनले छिमेकीसमेत जम्मा गरी आफूहरूलाई दुव्र्यवहार गर्दै जबरजस्ती कोठाबाट निकालेको शर्माले बताए । ‘कोठामा सेल्फ क्वारेन्टाइनमा बसेका थियौं,’ शर्माले भने, ‘उताबाट आएको दिनदेखि नै घरधनीले कोठाबाट निस्किन दबाब दिएका थिए । घरधनीले आइतबार त दुव्र्यवहार गर्दै निकाले ।’

घरधनीले कोरोनाको आशंकामा कोठाबाट निस्कन दबाब दिएपछि शर्माले प्रहरी र स्वास्थ्यकर्मीलाई खबर गरेर परीक्षण गराएका थिए । परीक्षणमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको थियो । ‘उहाँ (घरधनी) ले कोरोना भएको आशंका गरेपछि शंका मेटाउन हामीले नमुना परीक्षण गरायौं’, शर्माले भने,’ ‘रिपोर्ट नेगेटिभ आएको जानकारी गराउँदा पनि बल प्रयोग गरेर निकाले ।’ आफूहरू विदेशबाट नआएको र विदेशबाट आएका मानिससँगको सम्पर्कमा पनि नरहेको जानकारी गराउँदा पनि घरधनीले कोठा छाड्न दबाब दिएको उनले बताएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलवार ०८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।